Logo

मनोरञ्जन

ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को वर्चश्व, अरु क–कसले जिते ?



काठमाडौं । ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

यही फिल्मबाट मिसेल योहले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् । उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ बाटै के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका हुन् । यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाएका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।

एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ । प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ । एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि ‘गुईलेर्मो डेल ट्रोज पिनोकियो’ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्न’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ । हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ‘द ह्वेल’ ले पाएको छ ।

ओस्कर विजेताको सूची

सर्वश्रेष्ठ फिल्म – एभ्रिथिङ एभरिवेयर अल एट वन्स

सर्वश्रेष्ठ अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)

सर्वश्रेष्ठ अभिनेत्री – मिसेल योह (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ सहायक अभिनेता – के ह्यु क्वान (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ गीत – नाटू नाटू (आरआरआर)

सर्वश्रेष्ठ ओरजिनल स्कोर – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

सर्वश्रेष्ठ मेकअप एण्ड हेयरस्टाइलिङ – द ह्वेल

सर्वश्रेष्ठ कस्ट्युम डिजाइन – ब्ल्याक प्यान्थर वाकाण्डा फरेभर

सर्वश्रेष्ठ सम्पादन – पल रोजर्स ((एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ ध्वनी – टपगन माभेरिक

सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्ले – वुमन टकिङ (सारा पोली)

सर्वश्रेष्ठ मौलिक पटकथा – ड्यानियल क्वान र ड्यानियल स्किनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ भिजुअल इफेक्ट – अवतार द वे अफ वाटर

सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्म – द एलिफेन्ट विह्स्पर्स

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट (जर्मनी)

सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर फिल्म – नाभाल्नी

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १०:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।