Logo

प्रमुख समाचार

रामचन्द्र पौडेलद्वारा सांसदबाट राजीनामा



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभामा विजयी भएका पौडेलले सभामुखसमक्ष सोमबार राजीनामा बुझाएका हुन् ।

कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १३:०८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।