काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभामा विजयी भएका पौडेलले सभामुखसमक्ष सोमबार राजीनामा बुझाएका हुन् ।

कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।




















प्रतिक्रिया