Logo

प्रमुख समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेलको पहिलो निर्णय : गैरआवासीय राजदूत नियुक्त



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

फागुन २५ गते नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भई आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिएका पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो ।

  • याे पनि…

शीतलनिवासमा नयाँ राष्ट्रपतिकाे स्वागत र निर्वतमान राष्ट्रपतिको बिदाइ (तस्बिरहरु)

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १८:१६   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।