काठमाडौं । नेपाल कमर्स क्याम्पसकाे स्ववियु सभापतिका लागि कृष्ण हुमागाईंले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार बिहान स्नातकोत्तर तहमा अध्ययनरत स्वतन्त्र विद्यार्थी समूहका संयाेजक राेहीत पाेखरेल प्रस्तावक र लक्ष्मण केसी समर्थक बसेर हुमागाईंले एकल उम्मेदवारी दर्ता गराएका हुन् ।
आन्तरिक विवादपछि रोकिएको मनोनयन दर्ता प्रकृयालाई सुचारु गर्दै आज नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारहरुले आ–आफ्नो उम्मेवारी दर्ता गर्ने क्रम जारी छ ।
लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय हुमागाईंले क्याम्पसको शैक्षिक वातावरण सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण र शैक्षिक मुद्दाहरुलाई मुख्य एजेन्डा बनाएर आफूले उम्मेवारी दर्ता गराएको बताएका छन् ।




















प्रतिक्रिया