काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुटेको छ । अमेरिका बस्दै आएका आशिष गेललसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।
वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । त्यसलगत्तै उनका श्रीमान आशिषले अर्को विवाह गरेका छन् । उनले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।
आशिषसँगको सम्बन्धबारे अहिलेसम्म वर्षा भने मौनता साँधिरहेकी छन् ।





















प्रतिक्रिया