Logo

राजनीति

नेकपा र माओवादी समाजवादीबीच पार्टी एकता हुँदै



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता हुने भएको छ ।

आज (बुधबार) दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत पार्टी एकताबारे जानकारी दिइने नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए ।

आज प्रज्ञा भवनमा हुने पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने शर्माको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:२३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।