काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मङ्गलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।
संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको छ ।
उपराष्ट्रपतिमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादीका रामसहायप्रसाद यादव र प्रमीला कुमारी तथा जनमत पार्टी ममता झा उम्मेदवार छन् ।
संघीय सांसद्का सदस्यले मतदान गर्ने मतपत्रकाे नमुना

प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रकाे नमुना





















प्रतिक्रिया