काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका सचिवालयका एक सदस्यले जानकारी दिए ।
औचारिक निर्णय भनए पनि प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा हरेका सबै दलका शीर्ष नेताहरुसँग परामर्श गरेपछि विश्वासको मत लिने तयारी गरेका बताइएको छ । सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएका ती सदस्यले बताए ।
१० पुसमा एमाले, रास्वपा र राप्रपासहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले डेढ महिना नपुग्ने फेरि कांग्रेससहितको गठबन्धन बनाएका हुन् । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।




















प्रतिक्रिया