काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत निर्णय गरेको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्न दिएको निर्देशनलाई लिएर बुधबार स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सञ्चारमाध्यममा आएजस्तै भएको हो भने २४ घण्टाभित्र निर्णय कपीसहित जवाफ पठाउन भनिएको उनले बताए । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो ।
कांग्रेसको उक्त निर्णयविरुद्ध नेकपा एमालेले पनि आयोगमा बुधबार नै उजुरी दिएको छ ।




















प्रतिक्रिया