काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा भेट्न ०८४ साल कुर्ने नपर्ने बताएका छन् ।
फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै कांग्रेस महामन्त्री गगन थापाले जवाफ फर्काउँदै ०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए ।
अध्यक्ष ओलीको त्यसको जवाफ आज (शुक्रबार) फर्काएका हुन् । उनले उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ?’




















प्रतिक्रिया