काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघले गठबन्धन गरेका उठाइएका साझा उम्मेदवारलाई जिताउन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आग्रह गरेका छन् ।
आज (शनिबार) सामजिक संजाल मार्फत उनले भोलि (चैत्र ५ गते) हुने स्ववियु निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेकालाई जिताउन अपील गरेका हुन् ।
गुरुङले विद्यार्थीको मत हाल्ने अधिकारबाट कोहि पनि बन्चित नहुनको लागि सुरक्षाको राम्रो प्रबन्ध मिलाउन नेपाल सरकार, क्याम्पस प्रशासन, निर्वाचन समिति एवं नेपाल प्रहरिलाई आग्रह पनि गरेका छन् । निकै लामो समयपछी आइतबार स्ववियु निर्वाचन हुन गइरहेको छ ।
प्रतिक्रिया