Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने



काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए ।

बैठक बिहान १०ः३० बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए । उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघि सत्तारुढ दश दलीय गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो । बैठकमा यसबारे छलफल तथा निर्णय हुने बताइएको छ ।

यसअघि कांग्रेसले गत पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको थियो । एमाले र राप्रपालगायतका दलहरुले समर्थन फिर्ता लिएपछि उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  २ : ३१ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।