काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । आज (शनिबार) बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।
यस्तै बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए ।
सरकारले संसदमा लैजाने तयारी गरेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि विधेयक संशोधन गर्ने तयारीप्रति राप्रपाले आपत्ति जनाएको छ । प्रवक्ता शाहीका अनुसार राप्रपा अहिलेको विधेयकको विपक्षमा रहेको छ ।
प्रतिक्रिया