Logo

कर्पोरेट फोकस

सामसुङ ग्यालेक्सी एम ०४ को दराजद्वारा डेलिभरी सुरु



मार्च १३ देखी मार्च १७ सम्मको प्रि-अर्डर अवधिपछी दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी सिधै घरमा प्राप्त गर्न सक्ने जनाइएको छ ।

सामसुङ ग्यालेक्सी एम ०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबी सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ । त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पि३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५००० एमएएच ब्याट्री र १६.५५ सेमी ९६.५ इन्च एचडी प्लसको डिस्प्ले रहेको छ । सामसुङ ग्यालेक्सी एम०४ को अर्को आकर्षक विशेषता भनेको एक, यसको र्यामलाई विस्तार गरेर भर्चुअल मार्फत ८ जिबी सम्म बढाउन सकिन्छ ।

यस मूल्य दायराभित्र उल्लेखित बिशेषताको स्मार्टफोनहरु बिरलै पाईन्छ र क्षमताको हिसाबमा हेर्ने हो भने पनि किफायती मुल्यमा खरिद गर्न चाहनेहरुको लागि यो स्मार्टफोन उत्तम छ ।

सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ र ४/१२८ जिबीमा प्राप्त गर्न सकिन्छ र यसको मूल्य १५,४९९ र १७,४९९, मा निर्धारणा गरिएको छ । साथमा तपाईंहरुले यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिन्छ ्र सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरूमा सी ग्लास ग्रीन र शैडो ब्लूमा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार  ९ : ०० बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।