Logo

राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : १० दलीय गठबन्धनमा एक मत



काठमाडौं । १० दलीय सत्तारुढ गठबन्धन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकमा आइतबार संसद्‍मा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमत भएर प्रस्तुत हुने सहमति भएको हो ।

यस्तै प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि पनि १० दल एकै ठाउँमा उभिने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि दाहालले पुनः विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो । बैठकमा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।

  • याे पनि…

टीआरसी विधेयक हतारिएर पारित गर्नु हुन्न : एमाले

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार २०:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।