Logo

राजनीति

मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित



काठमाडौं । काठमाडौं मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुको आपसी विवादलाई देखाउँदै स्ववियु निर्वाचन स्थगित गरिएको हो ।

क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जनाएका छन् ।

साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेका थिए । स्ववियु निर्वाचनको मतदानभन्दा अघिल्लो साँझ स्थगित भएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार २०:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।