काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्यामराज ओझा निर्वाचित भएका छन् । उनले ९ सय ३२ मतसहित जित हात पार्दा निकटम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६ सय ३१ मत पाए ।
यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । कीर्तिपुरमा यसपटक विद्युतीय मतदान भएको थियो । कीर्तिपुरको स्ववियु निर्वाचनमा ३ हजार ३ सय ३९ मध्ये २ हजार ७६ मत खसेको थियो ।




















प्रतिक्रिया