Logo

राजनीति

चैत १२ गतेसम्ममा स्ववियु निर्वाचन सक्न उपकुलपति बाँस्काेटाको निर्देशन



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरुमा चैत १२ गतेसम्मा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । उपकुलपति धर्मकान्त बाँस्कोटाले १२ गतेदेखि परीक्षा संचालन गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै स्ववियु गठन गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमार्फत उपकुलपति बास्कोटाले स्ववियु चयन गर्न सफल क्याम्पसलगायत, पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद पनि दिएका छन् । काठमाडौंका ७ सहित देशभरका केही ठूला क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन सकेको छैन ।

‘स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । निर्वाचन निर्देशिकामा वैशाख ५ गतेसम्म निर्वाचन गराउन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार २१:५१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।