Logo

अचम्म

अनलाइनपानाको समाचारप्रति एनआईसी एसियाका सिईओ न्यौपानेको खण्डन



काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानले अनलाइनपानामा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

अनलाइनपानाले तथ्यमा आधारित रहेर विभिन्न मितिमा ‘ सिइओ साप ! एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि, अब कहिले सुध्रने ?, एनआईसी एसिया बैंकले लियो ऋणीको ज्यान, पीडित भन्छन्– छाक टार्न सक्ने अवस्था छैन किस्ता कसरी तिर्नु ?, गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा, राष्ट्र बैंक मुकदर्शक, एनआईसी एशिया बैंकको लुटाहा प्रवृत्ति नरोकिए सडकमा आगो बल्छः सुशिल बस्नेत (अन्तर्वार्ता), सरकारी जग्गामा एनआईसी एशियाका सीईओ न्यौपानेको आलिसान महल, राज्य मुकदर्शक, सरकारी जग्गामा बनेको सीईओ न्यौपानेको घर हटाउँदै स्थानीय सरकार, जिल्ला प्रशासनले सहयोग गर्ने’लगायतका समाचार प्रकाशन गरेको थियो ।

सीईओ न्यौपानेले यी कुनै समाचारमा सत्यता नभएको जिकिर गरेका छन् । ख्यातीमा गम्भीर र दुरगामी असर पार्ने, आफ्नो व्यक्तिगत जीवन, गोपनीयता र मानमर्दन समेतलाई होच्याउने, गाली बेइज्जती गर्ने र इज्जतमा धक्का पु¥याउने नियतले समाचार प्रकाशन गरिएको आरोप लगाएपनि कसैको ख्याति, व्यक्तिगत जीवन, गोपनीयता र मानमर्दनलाई होच्याउनेगरी बदनियत रुपमा समाचार लेखिएको न्याैपानेकाे आराेप छ ।

खण्डन जस्ताकाे त्यस्तै

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १३:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।