Logo

प्रमुख समाचार

संक्रमणकालीन न्याय देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा हो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको मात्र सरोकारको विषय नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको बताएका छन् ।

‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन’, उनले भने, ‘देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो । यसललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १३:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।