काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुलीका प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न सडक आयोजना स्तरउन्नतीका लागि सडक विभागमा सिफारिस गरेका छन् । उनले चक्रमके अरुणठाकुर ककुरठाकुर बसेरी हुँदै कटारी, गोदार चिसापनी झगडी डकाहा हुँदै नवलपुर बाटो, अन्याखर्क बाहुन तिल्पुङ् महादेव डाँडा हुँदै जै वारी बाटो पिच गर्न सडक विभाग ललितपुरलाई सिफारिस गरेका हुन् ।
यस्तै, फिक्कल नागथान, सालुके, जाङ्गजाङ्ग, खाङ्गसाङ, गिनचौर लुम्ती हुँदै वाक्सुखोला जाने बाटो, गोलोजर गाउँपालिकाबाट नाकाजोली हुँदै देउरालीटार जोड्ने बाटो, धनसरीबाट चिसापानी हूँदै गोदार जाने बाटो, कर्था खोला, बादरेघाट बाटो स्तरोन्नती तथा दुधौली नगरपालिका १३ स्थित खोलामा निर्माण गर्न सिफारिस गरिएको हो ।
यसैगरी मझुवा दोभान र चकमके जोड्ने तीनपाटन ४, कमलामाई नगरपालिका ९ स्थित भिमान खोला र दुधौली नगरपालिका १ विचित्र खोलमा पुल निर्माणका लागि पनि सिफारिस गरिएको सांसद घिमिरेको सचिवलयले जानकारी दिएको छ ।




















प्रतिक्रिया