Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले धोका दिएपछि हामी सरकारबाट बाहिरियाैं : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएर बाटो मोडेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कुनै जानकारी नै नदिई निर्णय गरेकोले आफ्नो पार्टीले उच्च नैतिकता देखाउँदै सरकार छोडेर बाहिरिनुपरेको पनि लिङदेनले बताए ।

प्रधानमन्त्री प्रचण्डले संसद्‍मा दोस्रो पटक विश्वासको मत लिन राखेको प्रस्तावको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड दुई महिनामा दुईपटक विश्वासको मत प्राप्त गर्ने भाग्यमानी भएपनि फेरि वैशाख महिनामा विश्वासको मत लिने अवस्था नआउला भन्न नसकिने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १६:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।