Logo

राजनीति

तनहुँ–१ र बारा–२ को उपनिर्वाचन पनि वैशाख १० मै



काठमाडौं । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछी ती स्थान रिक्त भएका छन् ।

आयोगले यसअघि नै चितवन–२ मा रिक्त रहेको स्थानमा वैशाख १० मा उपचुनाव गर्ने निर्णय गरिसकेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको जनाएको छ ।

आयोगले २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।