Logo

समाचार

ह्वाटएप्समा नयाँ फिचर सार्वजनिक



काठमाडौं । ह्वाटएप्सबाट अब एकै पटक आठजनासँग भिडियो कल र ३२ जनासँग अडियो कल गर्न मिल्ने भएको छ ।

डेक्सटप भर्जनका लागि लन्च भएको यो फिचरले जुमको ठाउँ ओगट्ने देखिएको छ । मेटाका संस्थापक मार्क जुकरबर्गले एक स्टाटस सार्वजनिक गर्दै ह्वाटएप्स डेस्कटप भर्जन सार्वजनिक भएको बताएका हुन ।

जुकरबर्गले फेसबुकसँगै ह्वाटएप्समा पनि निकै परिवर्तन गरिरहेका छन् । ह्वाटएप्सको यो फिचर उपलब्ध भएसँगै जुमको विकल्प ह्वाटएप्सले लिनसक्ने देखिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०७:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।