Logo

समाचार

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ सम्मानित



काठमाडौं । नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई लीलाध्वज थापा साहित्य सम्मानले प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक भव्य कार्यक्रममा सम्मानित‌ गरिएको छ ।

लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कको सम्पादक रहेका ’रोंदन’ ले गोरखापत्र दैनिकको प्रधान सम्पादकका रुपमा समेत जिम्मेवारी पद सम्हालि सकेका छन् ।

यसश्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक स्रोतमा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाको सभापतित्व तथा साहित्यकार बमबहादुर थापा ‘जिताली’, रामप्रसाद पन्त, प्रा.डा. गोविन्दमान सिंह कार्कीको आतिथ्यतामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले सम्मानित स्रष्टा श्री ओम श्रेष्ठ ‘रोदन’का बारेमा प्रकाश पार्दै नेपाली साहित्याकाशमा रोदनले नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै समाज र साहित्य एकै सिक्काका दुई पाटो हुन् दुवैको समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माणमा प्रमुख भूमिका निर्वाह हुने बताउँदै ‘रोदन’ ले त्यो जिम्मेवारी सुस्पष्ट रुपमा बताउँदै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारेका छन् ।

उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित गरिएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्थाको रुपमा परिचित छ ।

उक्त कार्यक्रममा कार्यक्रममा श्रष्टा श्रीओम श्रेष्ठ ’रोदन’ प्रा डा गोविन्दमान सिंह कार्की, मुकुन्द न्यौपाने विजयध्वज थापा, उत्तम विचार, लव खडका, रूवी सत्याल बिडारी, धन्वन्तरि मिश्र ‘कात्यायन’, सुशान्त के सी, बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्ण प्रसाद पौडेल, डा .बमबहादुर थापा ‘जिताली’, जयराम बिडारी, बिनु बाबा घिमिरे, द्वारिका ढुंगाना, ममता मृदुल, राजेन्द्र खनाल, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, नारायण भण्डारी ‘जनकपुरी’, वासुदेव ठकुरी, विनोद नेपाल, सुन्दर खड्का, राजन प्रसाद न्यौपाने, प्रेममान डंगोल, सुशीला ढकाल अधिकारी, प्रकाश घायलद्वारा आआफ्ना रचना वाचन गरिएको थियो ।

स्रष्टा उत्तम विचारद्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष बिजयध्वज थापाले सम्मानित स्रष्टा ’रोदन’ लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय योगदान गरेका, अत्यन्त सरल र मृदुभाषी श्रष्टा हुनाकोसाथै उनले लीलाध्वज थापा साहित्य प्रतिष्ठानको तर्फबाट प्रदान गरिएको सम्मान ग्रहण गरेर प्रतिष्ठानलाई समेत सम्मानित गराएको अनुभूति भएको बताउँदै अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म संस्थाको तर्फबाट पचहत्तर (७५) अग्रज तथा विशिष्ट स्रष्टा साहित्यकारहरुलाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदा अत्यंत खुशी लागेको बताउँदै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार  ११ : ५५ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।