काठमाडौं । गायक दुर्गेश थापासहित तीन जनाविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा थापासहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले जानकारी दिए । थापा उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने उनले बताए ।





















प्रतिक्रिया