काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका लोकप्रिय संगीतकार टिका दाहालको संगीतमा रहेको ‘हेरेको तिमीलाई’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर रहेकाे छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ भने राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
भिडियोमा गायिका एवम् मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जनबिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन् ।
सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दाहालको युट्युव च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो । गीत तथा म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ ।





















प्रतिक्रिया