Logo

शिक्षा

मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ



विराटनगर । मोरङको ग्रामथानमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को एउटा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बिहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १०:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।