पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।
शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन ।
गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनबाट विष्ट ८४१ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सीमित भए ।





















प्रतिक्रिया