काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी खडा गर्ने कन्सलटन्सी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरानस्थित डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई रहेका छन् । उनले ती नक्कली परीक्षार्थीहरुबाट ४० हजार रुपैयाँसम्म लिए एसईई दिन लगाएका खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।





















प्रतिक्रिया