Logo

राजनीति

अर्थमन्त्री डा. महत र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । मन्त्री डा. महतलाई भेट्न सोमबार यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतकाे टाेली अर्थ मन्त्रालय पुगेका हाे ।

भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीकाे प्राथमिकताकाबारेमा चर्चा गरेका थिए । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार २०:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।