काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धीकाे विधयक (टिआरसी)बारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बोलाए पनि उनी स्वयम् उपस्थित नहुँदा आज (साेमबार)काे बैठक स्थगित भएको हो ।
टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन तीन दलका शीर्ष नेताबीच आज छलफल हुने कार्यतालिका रहेको थियो । बैठकमा सहभागी हुन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बालकोट पुगिसकेका थिए । प्रधानमन्त्री आफैंले नौ बजेका लागि बैठक बोलाए पनि ९ः२० बजे तिर फोनमार्फत आउन नभ्याउने जानकारी गराएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
प्रतिनिधिसभामा विचाराधिन टिआरसी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न नहुने एमालेको अडान कायमै छ । सत्तारुढ अन्य दल भने छिट्टाे पारित गर्नुपर्ने पक्षमा छन् ।




















प्रतिक्रिया