काठमाडौं । केडिया ग्रुपले सञ्चालनमा ल्याएको जावलाखेलमा रहेको डीएभी सुशील केडिया भारतीय स्कुलले विद्यार्थीलाई अपमान गरको साहित्यकार तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाले आरोप लगाएका छन् ।
फेसबुकमा स्टाटस शेयर गर्दै उनले उक्त स्कुलले आफ्नै छोरीलाई अपमान गरेको आरोप लगाएका छन् । अनिल केडिया प्रमुख भएर सञ्चालनमा रहेको जावलाखेलस्थित डीएभी स्कुल धनाढ्य व्यक्तिहरुका छोराछोरी पढाउन छनौट गरिने एक महङ्गो स्कुल भएको आरोप लाग्ने गरेको छ ।
निर्देशक सुब्बाले पनि आफूले नियमित ‘फिस’ तिरे पनि डीएभी स्कुलका सहायक प्रध्यानाध्यापकले छोरीलाई गरेको उल्लेख गरेका छन् । जारी फिल्मका निर्देशकसमेत रहेका सुब्बाले छोरीको विषयले आफ्नो दैनिकी पनि बिग्रिएको बताएका छन् । उनले उक्त विद्यालयबाट छोरीलाई निकालेको र छोरीका लागि उपयुक्त स्कुलको पनि खोजी गरेको उल्लेख गरेका छन् ।
सुब्बाले प्रत्येक विद्यार्थीको क्षमता फरक फरक हुने र विद्यालयले विद्यार्थीको रुची अनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थीको क्षमता अनुसार विद्यालयको पठनपाठन हुनुपर्ने निर्देशक सुब्बाको जोड छ ।
‘भाइस प्रिन्सिपलसहित अरु दुईजना शिक्षकले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु । यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन । यिनले पढ्नै सक्दैनु भनेछन्’, निर्देशक सुब्बाले स्टाटसमा लेखेका छन्, ‘मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु । हरेक बच्चाहरु क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरुलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिक रुपमा गरिब परिवार नै किन नहोस्, नहेप्नु !’ उनले आफ्नी छोरी कक्षा ९ मा पढ्ने र पेन्टिङ, गायन, नृत्य तथा अभिनयमा रुची राख्ने उल्लेख गरेका छन् ।
यस विषयमा बुझ्न खोज्दा डीएभी स्कुलले सहायक प्र अलगायत उपलब्धसम्बन्धित व्यक्तिहरु नभएको र उपलब्ध भएपछि सम्पर्क गर्ने जानकारी गरायो ।






















प्रतिक्रिया