काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । दर्जन बढी ठूलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘‘सर्खारको सर’ मा डाक्टर बनेका छन्।
चलचित्रका दर्शक र टेलिभिजनका दर्शक छुट्टै हुने र टेलिभिजन हेर्ने दर्शकको झन् धेरै माया पाउने भएकाले आफूले चलचित्रको सुटिंगबाट केहि समय निकालेर सिरियलमा काम गरेको उनले बताए।
यो श्रृंखला प्रत्येक बुधबार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने गर्दछ । टेलिभिजन पश्चात यो सिरियल डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ। ‘सर्खारको सर’ मा राजनीतिक विकृति–विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । श्रृंखलाको निर्देशन बिनय राज पौडेलले गरेका छन् ।





















प्रतिक्रिया