Logo

राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासकाे मत, नयाँ सरकार बन्ने बाटाे खुल्याे



पाेखरा । अन्तत: गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वकाे सरकार ढलेकाे छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी गण्डकी प्रदेशसभाबाट दाेस्राे पटक विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेका प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो । उनले गरेका विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो ।

प्रस्तावका पक्षमा नेकपा (एमाले)का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जनाले मतदान गरेका थिए । विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक गरी ३५ मत गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका आठ जना सभा सदस्यमध्ये एक सभामुख रहेका छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्ने छ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १९:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।