Logo

प्रमुख समाचार

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रा.डा. ज्ञवाली सम्मानित



काठमाडौं । साहित्यकार, महाकाव्यकार तथा समालोचक प्रा.डा.रामप्रसाद ज्ञवाली लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा सम्मानित भएका छन् । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रा.डा. ज्ञवालीलाई सम्मान गरेका हुन् ।

चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित कार्यक्रममा ज्ञवालीलाई नेपाली साहित्यिक क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही साहित्यको श्रीबृद्धिमा विशिष्ट योगदान दिएको भन्दै सम्मान गरिएको हो ।

साहित्यिक क्षेत्रमा लामो समयदेखि छन्द कविताका अभियन्ताका रुपमा परिचित ज्ञवालीले‘ ‘यात्रा’ महाकाव्य छन्दमा प्रस्तुत गरेका छन् । यशस्वी उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक श्रोतमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले जानकारी दिए।

कार्यक्रम साहित्यकार रामप्रसाद पन्त, प्रा.डा. गोविन्दमान सिंह कार्की, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, रत्न ‘बिरही ’ घिमिरेको उपस्थिति थियो । मदन पुरस्कार स्थापना भएकै समयमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम कवि शिरोमणि लेखनाथ पौडेल जस्ता महान साहित्यकार कै समयमा लीलाध्वज थापाले मदन पुरस्कार पाएका थिए ।

प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार  १ : ०९ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।