Logo

राजनीति

बारा–२ मा मतान्तर बढाउँदै उपेन्द्र, रास्वपाका खरेल चाैथाे स्थानमा



वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । सुरूवातमा अग्रता बनाएका यादवलाई केही समय जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछि पारेका थिए । तर पुनः यादवले अग्रता लिँदै त्यसलाई कायम राख्ने क्रममा उनले २ हजार ९५४ मत पाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार यादवले २ हजार ९५४ ल्याउँदा कुशवाहाले २ हजार ३०४ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ४ मत पाएका छन् । रास्वपाका रमेश खरेलको ६४१ मत रहेको छ । मतगणना जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २०:५९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।