वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । सुरूवातमा अग्रता बनाएका यादवलाई केही समय जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछि पारेका थिए । तर पुनः यादवले अग्रता लिँदै त्यसलाई कायम राख्ने क्रममा उनले २ हजार ९५४ मत पाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार यादवले २ हजार ९५४ ल्याउँदा कुशवाहाले २ हजार ३०४ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ४ मत पाएका छन् । रास्वपाका रमेश खरेलको ६४१ मत रहेको छ । मतगणना जारी छ ।




















प्रतिक्रिया