Logo

राजनीति

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट



काठमाडाैं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकाे छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएका उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार २१:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।