Logo

राजनीति

नेपाली कांग्रेस पाँचथर काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन



काठमाडाैं । नेपाली कांग्रेस पाँचथर काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन गरेको छ । सम्पर्क समितिको तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको सभापतिमा लक्ष्मी नारायण तिमिल्सिना निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपसभापतिमा गोमा देवी आङदेम्बे र धनेद्र राज आङदेम्बे निर्वाचित भएका छन् ।

सचिवमा जीवन ढुंगेल र टिका अधिकारी, सहसचिवमा अनिल सेलिङ्ग र छत्र बहादुर भण्डारी र कोषध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । कार्यसमितिको सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

आज सम्पन्न अधिवेशनमा पार्टी सच्चिनु पर्ने अवस्था सिर्जना भएको वक्ताहरुले बताएका छन् । नयाँ दल चुनौतीको रुपमा स्थापित भएको भन्दै सक्किने कि सच्चिने भन्ने अवस्थासँगै चुनौती थपिएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  ९ : ०२ बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।