काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत जाने भएका छन् । राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन बिहीबार त्यसतर्फ जाने भएका हुन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले आज जनाएको हो ।
साे अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुने छन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने छन् ।




















प्रतिक्रिया