Logo

राजनीति

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको हो ।

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत संलग्न रहेको गिरोहलाई सहयोग गरेको पाइएपछि एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  १० : ०९ बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।