Logo

प्रमुख समाचार

रास्वपा अब विपक्षी गठबन्धन बनाउनेतर्फ लाग्ला ? यसो भन्छन् एमाले उपमहासचिव ज्ञवाली



काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि राष्ट्रिय राजनीति अब कसरी अघि बढ्ला भन्ने आमचासो बढेको छ । गत १० पुसमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन रास्वपाले आज (शुक्रबार) फिर्ता लिएकाे हो ।

अहिलेससम्म समर्थन कायम राखेपछि रास्वपा पुन: सरकारमा जान सक्ने आकलन गरिएको थियाे । उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह नगरेका पनि होइनन् । तर भागबन्डा नमिलेपछि समर्थन फिर्ता लिएको रास्वपा अब एमालेसँग विपक्षी गठबन्धन बनाउनेतर्फ लाग्ने त होइन भन्ने बहस सुरु भएको छ ।

त्यसो त यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको विषय सार्वजनिक भएको थियो । तर शुक्रबार साँझ पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूहरु जिम्मेवार र रचनात्मक प्रतिपक्षमा रहने बताए । उनले एमालेबाट गठबन्धन र प्रधानमन्त्रीको प्रस्ताव नआएको पनि जिकिर गरे ।

उता, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि अहिले नै रास्वपालगायतसँग गठबन्धन बन्ने सम्भावना नरहेको बताए । ‘अहिले नै अर्को गठबन्धन बन्छ जस्ताे मलाई लाग्दैन । अहिले कांग्रेस–माओवादी गठबन्धन छ । यो केही समय जाला’, अनलाइनपानासँग ज्ञवालीले भने, ‘तर कांग्रेसले माओवादीलाई धेरै समय बोकिराख्छ जस्तो चाहिँ मलाई लाग्दैन ।’

ओलीले लामिछानेलाई प्रधानमन्त्रीका लागि गरेको भनिएको प्रस्ताव पनि गलत रहेको उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार २१:४१   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।