Logo

प्रमुख समाचार

झपामा बस्ने भनिएकाे एमाले केन्द्रीय कमिटी बैठक काठमाडाैंमै बस्ने



काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिए ।

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौँमा सारिएको बताए ।

उनका अनुसार बैठक यही वैशाख २८–३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  ९ : ४५ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।