काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् । सिंहविरुद्ध अनुसन्धानगरी कारबाही गर्न माग गरिएको निवेदन आयोगले सोमवार नै दर्ता गरेको छ ।
कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका थिए । यसैबीच सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले सिंहविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
निवेदक ठाकुरले आफ्नो दाबीमा बल पुग्ने केही आधार पनि प्रस्तुत गरेका छन् । राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न भएका सिंहले अकुत सम्पत्ति जम्मा गरेको ठाकुरले आफ्नो उजुरीमा दाबी गरेका छन् ।
प्रतिक्रिया