Logo

कोशी प्रदेश

पहिचान पक्षधरकाे आन्दाेलनमा प्रहरी हस्तक्षेप, झडपमा १० प्रहरीसहित १२ घाइते



झापा । प्रदेश नामकरणप्रति असन्तुष्ट रहेका पहिचान पक्षधर र प्रहरीबीच मंगलबार साँझ झापाको दमकमा झडप भएको छ । झडपमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारीसहित १२ जना घाइते भएका छन् ।

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले मंगलबार साँझ दमकमा राँके जुलुस निकालेका थिए । जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी राँको निभाउन खोज्दा झडप भएको थियो ।

जुलुसमा सहभागीहरूले प्रहरीमाथि राँको, इँटा र ढुंगा प्रहार गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर जुलुसमा सहभागी गजेन्द्र फागो र अर्का एक जना गरी दुई जना घाइते भएका छन्

आन्दोलनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय दमकका डीएसपीसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  १० : २५ बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।