Logo

राजनीति

कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल



काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताएका छन् । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा रासायनिक मल समयमा उपलब्धता, कृषि क्षेत्रको अवस्थासम्बन्धी विषयमा मन्त्री भुसालले आवश्यकतानुसार लगानी हुन नसकेको बताएका हुन् ।

“मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनसकेको छैन । यान्त्रिकरणसँगै यसको प्रवद्र्धन गर्नका लागि आउने दिनमा पहल गर्नुपर्छ”, उनले भने ।

किसानको पाँच लाख मेट्रिक टन रासायनिक मलको आवश्यकतालाई अन्तर्राष्ट्रिय बजारमा समयसापेक्ष मूल्य परिवर्तन हुनाले रकमका आधारमा नभई परिमाणको आधारमा समयममै बजेट सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री भुसालले ‘नेपालमा मल कारखाना खोल्न सम्भव छ/छैन’ भनी अनुसन्धान गर्न अध्ययन अनुमति दिने निर्णय गरेको बताउँदै मलको समस्या राष्ट्रिय विकास समस्या समाधान समितिमा समावेश गरी स्वीकार गरिएको जानकारी दिए । जसमा मल समस्यामा बाधा पु¥याएका नीतिलाई सरलीकरण गर्ने र ‘जीटुजी’मा जाँदा मल आपूर्तिमा सहज हुने दुई ठोस निर्णय भएको उनले बताए ।

त्यस्तै कृषि सचिव डा गोविन्दप्रसाद शर्माले अघिल्लो वर्षमा समयमै बजेट विनियोजन नहुनु मुख्य समस्या रहेता पनि यस वर्ष बजेट सुनिश्चित रहेको बताए । जिल्लास्तरमा बीउ उत्पादन कार्यक्रमले जिल्लाको माग धान्न सक्ने रहेको अवस्थामा पछिल्लो पाँच वर्षयता बीउबिजन उपलब्धताको अवस्था खस्किँदै गएकाले यसको प्रवद्र्धन गर्न जरुरी रहेको सचिव शर्माले बताए ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ९ : ३९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।