काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन् । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले जानकारी दिए । मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको दाबी गरे ।
प्रतिक्रिया