Logo

राजनीति

एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने



काठमाडाैं । नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । “जनताको बहुदलिय जनवादका माध्यमबाट हामीले कम्युनिष्ट आन्दोलनमा  ठूलो योगदान दिएका छाैँ । आजको सन्दर्भलाई लिएर माक्र्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिष्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ”, उनले भने ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ९ : ४७ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।